• २९ वर्षको उमेरमै १२ वर्षे जेल जीवन : जेलभित्रैबाट स्नातकोत्तर

  • २२ जेठ २०६६ बाट जेल यात्रा सुरू भएको मेरिना शाक्य १२ वर्षपछि २८ असार २०७८ मा जेलबाट बाहिर आएकी छन् । अर्थात सामान्य जीवनमा फर्किएकी छन् ।

    सामान्यतय कैद सजाय भनेको आम मानिसले यातना भन्ने बुझ्छन् अर्थात् कैदमा बसेको मान्छेले आफ्नो जीवनमा हासिल गर्नुपर्ने उपलब्धिमूलक काम गर्न सक्दैन, जीवनरक्षा नै प्रमुख प्राथमिकता हुन्छ ।

    तर जेल जीवनबाट थुप्रै उपलब्धि हासिल गर्ने मानिसहरू पनि हामीले देखेका छौँ । राजनीतिक गर्ने समाजमा चेतना फैलाउने नाममा जेल गएका धेरै छन् । तर, क्रूर अपराधको भागिदार बनेकी शाक्यका लागि पनि जेल जीवनमा महत्त्वपूर्ण उपलब्धि भए  ।

    १७ वर्षको उमेरमा जेल गएकी उनी १२ वर्ष जेल जीवन बिताइन् । २०६६ सालमा एसएलसी दिएर बसेकी मेरिनाको जेल यात्रा त्यही वर्ष सुरू गर्नुपरेको थियो ।

    उनले जेलबाटै प्लस टुदेखि स्नातकोत्तरसम्मको पढाइ सकिन् । त्यति मात्रै होइन जेलभित्रैबाट प्रध्यापन पेशामा समेत लागेर सोमबार जेलबाट बाहिर आएकी छन् ।

    के हो त्यो क्रूर घटना

    २०६६ सालमा काठमाडौं अनामनगरमा १९ वर्षीया ख्याति श्रेष्ठको हत्या भएको थियो । सोह्रखुट्टेका वीरेन श्रेष्ठले अपहरणपछि हत्या गरेको खुलेको थियो । त्यही हत्याका सहयोग गरेको पाइएपछि तत्कालीन अवस्थामा नावालबकको रुपमा लिइने १७ वर्षको उमेरमा उनी पनि अपराधको भागीदार भएकी थिइन् ।

    ख्यातिको हत्याको क्रममा उनी १७ वर्षकी थिइन् । अहिले २९ वर्षकी भइन् ।

    जेलमा पढ्ने पढाउने

    एसएलसीपछि जेल सजाय भुक्तान गरिरहेकी उनले जेलभित्रैबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर पास गरेकी छन् । उनले करिब ४ वर्ष जेलमा हेडमास्टको भूमिकामा जेलका २ सयभन्दा बढी बालबालिका र महिलालाई पढाएकी समेत छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय