• ‘संक्रमण दर अत्यधिक बढेको छ, अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कनू’ : स्वास्थ्य मन्त्रालय

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर अत्यधिक बढेको भन्दै अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
    ‘चार दिनमा संक्रमण दर दोब्बर भएको छ अहिले रहेका स्वास्थ्य संरचनाले नै धान्न नसक्ने स्थिति आउनसक्छ ।’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।
    संक्रमण दर अत्यधिक बढेको छ । हाम्रो संरचनाले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भइरहेको छ, उनले भने, अत्यन्त जरूरी नपरी घरबाट बाहिर ननिस्कनु
    साथै, मन्त्रालयले सभा, भेला, गोष्ठी, सेमिनार, मिटिङ तथा जात्रा जस्ता बढी भीडभाड हुने ठाउँमा पनि सहभागी नहुन अपिल गरेको छ।
    गएको २४ घण्टामा मात्र २ हजार ३ सय ५१ जनामा संक्रमण देखिएको छ । जुन गत तिहारपछि एकैदिन देखिएको सर्वाधिक बढी संक्रमण हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय