काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले राखेको धारणाप्रति आपत्ति जनाएका छन् ।
थापाले पार्टीको आन्तरिक कार्यदलले गरेको १० बुँदे सहमतिको मर्मविपरीत धारणा राखेको भन्दै नेता नेपालले आपत्तिज जनएका हुन् ।
कार्यदलले आइतबार राति सहमति जारी गरेलगत्तै थापाले ‘सर्वोच्चद्वारा न परमादेश न पुनस्स्थापना । मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो’ भनेर लेखेका थिए ।
थापाको यही स्टाटसप्रति नेपालले आपत्ति जनाएका हुन् । आज बिहानै स्टाटस लेख्दै नेपालले भनेका छन्, ‘हिजो राती नेकपा ९एमाले०को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत छ । यो व्याख्या गलत र अस्वीकार्य छ।’
उनले अदालतको विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी गरिने व्याख्या मान्य नहुने पनि बताएका छन्।
नेपालले भनेका छन्, ‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा ९एमाले० का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।