युरोकप २०२० को उपाधि इटालीले जितेको छ । आइतबार राति भएको खेलमा इङ्ल्याण्डलाई पराजित गर्दै इटालीले उपाधि हात पारेको हो । खेलको सुरुवाती २ मिनेटमा नै इङ्ल्याण्डले अग्रता बनाएको थियो । माउटको पासमा लुक्सले गोल गर्दै इङ्ल्याण्डका लागि १-० को अग्रता बनाएका थिए । दोश्रो हाफको ६७ औं मिनेटमा इटालीका लियोनार्दो बोनुचीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । नियमित समयमा थप गोल नहुँदा अतिरिक्त ३० मिनेटको समय थपिएको थियो । जसमा पनि दुबै टिमले गोल गर्न सकेनन् । अन्ततः खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । इटालीले ५ प्रहारमा ३ गोल गरेको थियो भने इङ्ल्याण्डले ५ प्रहारमा २ गोल गरेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय