• कोरोना कहरमा गैरजिम्मेवार दल, विपक्षी गठबन्धनविरूद्ध सत्तारूढ एमाले सडकमा

  • काठमाडौं। कोरोना कहर नसकिँदै राजनीतिक दलहरू पुनः गैरजिम्मेवार रूपमा सडक प्रदर्शनमा उत्रिन थालेका छन्। यसैक्रममा सत्तारुढ नेकपा एमालेले विपक्षी गठबन्धनविरुद्ध सडक प्रदर्शन गरेको छ।

    एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघको आह्वानमा आइतबार विपक्षी गठबन्धनविरुद्ध राजधानीमा प्रदर्शन भएको हो। पहिलो पटक प्रतिनिधिसभा विघटन भएलगत्तै भएको प्रदर्शन नेपालका कोरोनाको दोस्रो लहर ल्याउन जिम्मेवार मानिएको छ।

    त्यसबेला सत्तारूढ नेकपाभित्र केपी ओली समूह र प्रचण्ड र माधव नेपाल समूहकाे आमसभा जुहारी चलेको थियो।

    रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा प्रदर्शन गरेको थियो।

    प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर अंकित पोस्टकार्ड बोकेका थिए। युवा संघले बिजुली बजारबाट माइतीघर मण्डलासम्म प्रदर्शन गरेको छ।

    कोरोना कहरकैबीच सुरू भएको सडक प्रदर्शनले सर्वसाधारणमा भने पुनः कोरोना फैलिने त्रास बढेको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय