• अस्पतालमा अक्सिजन नपाएर २२ जना बिरामीको मृत्यु

  • भारतको महाराष्ट्रस्थित नासिकको डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन लिक भएर आपूर्ति बन्द हुँदा २२ जना बिरामीको मृत्यु भएको छ । नासिक नगर निगमका आयुक्तले २२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार अस्पतालमा भर्ना भएका १५० जनामध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो । अक्सिजन लिक भएका कारण अस्पतालमा अक्सिजन आपूर्ति करिब आधा घन्टा रोकिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस