काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका नेता माधवकुमार नेपालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
शनिबार नेपाल निवास कोटेश्वर पुगी उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै प्रचण्डले स्वास्थ्यलाभको कामना गरेको जनाइएको छ ।
नेता नेपाल केही दिनयता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाहानुसार घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।
स्वास्थ्य समस्याका कारण दुई नेताबीच आज संक्षिप्त भेट भएको भन्दै अरु विषयमा कुरा नभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले स्पष्ट पारेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय