नवलपुर । जंगलबाट बस्तीमा छिरेको चितुवाको आक्रमणबाट नवलपरासी बर्दघाट–सुस्तापूर्वको मध्यविन्दुका एकजना किसानको भेडागोठ नै रित्तिएको छ ।
मध्यविन्दु–१, अभियनकी कृषक मनकुमारी महतोले गोठभित्र थुनेको १५ भेडामध्ये ११ वटा भेडा चितुवाको आक्रमणबाट मरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले चितुवाको आक्रमणबाट गोठमा रहेका अन्य चारवटा भेडा गम्भीर घाइते भएका बताए ।
चितुवाको आक्रमणबाट भेडागोठ नै रित्तो भएपछि महतो पीडामा छिन् । स्थानीय गणेश महतोले चितुवाको आक्रमणबाट दुई लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताए । कच्ची गोठ भएकाले सजिलैसँग चितुवा गोठभित्र छिरेर भेडालाई आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ । रासस
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।