काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५३० पीसीआर परीक्षणमा १३५३ र ३ हजार ८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९ हजार ३६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय