• कुशल कोस्सिदा तोडिन सक्छ गेल र म्याकुलमको रेकर्ड

  • अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा लगातार अर्धशतकको रेकर्ड बनाउनेको सुचीमा पर्न नेपाली क्रिकेटर कुशल भुर्तेल प्रयासरत रहेका छन् । हालसम्म यस्तो रेकर्ड वेष्ट इन्डिजका क्रिस गेल र न्युजिल्याण्डका ब्रान्डन म्याकुलमको रहेको छ ।
    उनी दुबैले लगातार चार अन्तर्राष्ट्रिय टी ट्वान्टीमा अर्ध शतक पूरा गरेका छन् । नौ गते हुने मलेसियासँगको खेलमा पनि कुशलले फेरी अर्धशतक हाने भने नेपाली क्रिकेटर भुर्तेल सहित गेल र म्याकुलम नाममा रेकर्ड रनेछ । त्यपछि भने कुशलले सबैलाई पछि पार्दै अघि बढ्ने सम्भावना राख्छन् ।
    अहिले नै उनले नेपालको किर्तिमानी कायम गरिसकेका छन् । नेपालबाट सुरुवाती तीनै खेलमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी कुशल बनेका हुन् । उनले आफ्नो कर्तिमानी मात्रै बनाएका छैनन् नेपालको कमजोर पक्षका रूपमा रहेको व्याटिङ्लाई बोलियो रूपमा प्रस्तुत गरेका छन् ।

    तीन खेलमामा १८५ रनको योग
    भुर्तेलले लगातार तीन खेलमा गरी १८५ रनको योगफल बटुल्न सफल भएका छन् । उनले पहिलो खेलमा नेदरल्याण्डस्लारई ६२ रन हानेर आउट भएका थिए । दोस्रो खेलमा मलेसियासँग ६१ रनमा नटआउट रहे भने तेस्रो खेलमा मंगलबार नेदरल्याण्सलाई पुन ६२ रन हाने । अवस्था हेरिकन हान्ने कौशल कुशलसँ देखिन्छ । पहिलो खेलमा पाँच चौका पाँच छक्का हानेका कौशलले नेदरल्याण्ससँगैको दोस्रो खेलमा चौकाको मद्धत बढी लिए । उनले मंगलबार नेदरल्याण्ससँगको खेलमा आठ चौका र एक छक्काको सहायतामा ६२ रन बटुलेका थिए । विदेशी टिमलाई कुशल आउट गर्नु पर्ने चुनौतिपूर्ण पात्रका रूपमा गनिन थालेका छन् ।

    तेस्रो खेलमा हार्यो नेपाल
    त्रिकोणात्मक सिरिज अन्तर्गतको तेस्रो खेलममा भने नेपालले पहिलो हार चाखेको छ । सनसनीपूर्ण प्रतिस्पर्धात्मक खेलका बीच अन्तिम ओभरमा नेदरल्याण्सले नेपाललाई तीन विकेटले हराएको हो ।
    नेदरल्याण्स र नेपालले तीन तीन खेल खेलिसकेका छछन् भने मलेसियाले दुई खेल खलेको छ ।
    मलेसियाले अहिलेसम्म जीत हासिल गर्न सकेको छैन भने दुई टीमले एक हार र दुई जीत गरेर चार/चार अंक जोडेका छन् ।
    अबको खेल ७ गते नेपाल र मलेसिया बीच हुने छ भने ११ गते फाइनल खेल हुने छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय