• युरोप जान चाहनुहुन्छ भने यी दुई खोप अनिवार्य लगाउनु होला

  • काठमाडौं । युरोपेली मुलुकहरुले कोरोना विरुद्धको कोभिसिल्ड र अमेरिकी खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने नीति लिएको छ । बेल्जियम, जर्मनीसहितका एकदर्जन युरोपेली मुलुकले आस्ट्राजेनेका खोप (कोभिसिल्ड) लगाएकालाई आफ्नो मुलुकमा प्रवेश अनुमति दिने नीति लिएका हुन् ।

    काठमाडौंस्थित जर्मनी दूतावासले आफ्नो मुलुक प्रवेशका लागि लगाउनुपर्ने खोपहरुको सूची नै सार्वजनिक गरेको छ । जर्मनीले कोभिसिल्ड खोपलाई सरकारले मान्यता दिएकाले उक्त खोपको दुई डोज लगाउनुपर्ने जनाएको छ ।

    चिनियाँ खोप भेरोसेल लगाएकाको हकमा भने केही सर्त राखिएको छ । दूतावासका अनुसार जर्मनीले भेरोसेललाई मान्यता नदिएकाले भेरोसेल लगाएकालाई पनि खोप नलगाएकोरुपमा गणना गरिनेछ ।

    भारतस्थित बेल्जियम दूतावासले पनि विज्ञप्ति जारी गर्दै कोभिसिल्ड खोपलाई मान्यता दिएकाले सोही खोपको डोज पुरा गर्नेलाई प्रवेश दिने नीति लिएको हो ।

    ‘निर्णय खोप असमान वितरणका कारण कोभिड९१९ विरुद्धको अभियानमा पछि देखिएका नेपाल, भारत, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका लागि महत्वपूर्ण हुनेछ ।’ भारतस्थित बेल्जियम दूतावासले ट्वीटमार्फत जनाएको छ ।

    नेदरल्यान्ड्सले गतसाता आफ्नो मुलुकमा हुने यात्राका लागि कोभिसिल्ड खोपलाई अनिवार्य गरेको जनाएको थियो । स्वीटजरल्यान्ड, आइसल्यान्ड र सात ईयू देशहरुले पनि सेरम इन्स्टिच्युटद्वारा निर्मित अक्सफोड, आस्ट्राजेनेकाको खोपलाई जुलाई १ मा प्रयोगका लागि अनुमति दिएका थिए ।

    भारतका परराष्ट्र मामिला मन्त्री एस जयशंकरले युरोपेली समूह राष्ट्रहरूलाई कोभिड(१९ खोप प्रयोगका लागि अनुमति दिन पत्राचार गरेको एक दिनपछि खोपले मान्यता पाएको हो ।

    अस्ट्रिया, जर्मनी, स्लोभेनिया, ग्रीस, आइसल्याण्ड, आयरल्याण्ड, इस्टोनिया र स्पेनले कोभिशिल्डलाई यात्रा प्रवेशका लागि स्वीकारेको पुष्टि गरेको स्रोतको भनाई छ । कोभिशिल्डलाई स्केन्जेन राज्य स्वीजरल्याण्डले पनि अनुमति दिइसकेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस