नेकपा एमालेको एकता कार्यदलको बैठक सिंहदरबारमा १२ः३० मा बस्दैछ । कार्यदलको बैठक हिजो बिहीबार साँझ ७ बजेबाट आज बिहान ११:३० बजेसम्मको लागि स्थगित गरिएको थियो । तर, आज पनि कार्यदलको बैठक १ घण्टा सरेको संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनले बैठकका विषय पार्टी एकतामै केन्द्रित रहने बताए ।
यसअघि एमाले कार्यदलको बैठक सकारात्मक एवं सहमतिनिकट रहेको बताउँदै आएका नेताहरूले बिहीबार बेलुका भने १० दिनदेखि कुनै प्रगति नभएको बताएका छन् ।
बिहीबार साँझ सिंहदरबारमा कार्यदलका नेता घनश्याम भुषालले विगत १० दिनदेखि कुनै प्रगति नभएको बताएका थिए । भुसाल एमाले नेता माधवकुमार नेपालको पक्षबाट कार्यदल बैठकमा सहभागी हुँदै आएका छन् । तर नेता नेपाल समूहकै अर्का नेता गोकर्ण विष्टले कार्यदलको बैठक दिनहुँजसो प्रगति भएको भनाइ राख्दै आएका छन् ।
त्यस्तै अध्यक्ष नेम्वाङले बिहीबार अहिलेसम्म प्रगति नभएको स्वीकार्दै आगामी बैठकहरूले निचोडमा पुग्ने आशा व्यक्त गरेका थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।