• माओवादी खारेजीको अवस्था बुझ्न बादलसहितका नेता निर्वाचन आयोग जाँदै

  • काठमाडौं । माओवादी केन्द्रको दलीय हैसियत खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएको रामबहादुर थापा ‘बादल’समूहका नेताहरू फेरि निर्वाचन आयोग जाने भएका छन् ।

    माओवादी केन्द्रबाट एमाले गएका बादलसहित टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साह आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन् ।

    माओवादी केन्द्र अवैधानिक हो भन्ने उजुरी दिएको विषयमा आयोगमा के भइरहेको छ भन्ने जानकारी लिनका लागि आयोग जान लागेको नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिए।

    संविधान र कानुनबमोजिम नेकपा माओवादी केन्द्रको दलीय हैसियत कायम हुन नसक्ने भएकाले दल दर्ता खारेजी हुनुपर्छ भन्दै बुधबार रामबहादुर थापा समूहको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए ।

    बादल पक्षबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर थारुले माओवादी पार्टीले महाधिवेशनलगायत सम्पूर्ण गतिविधि नगरेकाले अवैधानिक दलले आफूहरूलाई कारबाही गर्न नसक्ने जिकिर गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय