• चीनबाट काठमाडौं आइपुग्यो करिब ९ लाख डोज भेरोसेल खोप

  • चीनबाट कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख नौ हजार ६०० डोज काठमाडौं आइपुगेको छ । चीनको बेइजिङबाट नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले शुक्रबार बिहान ६ः२१ बजे खोप काठमाडौं ल्याएको निगमका पाइलट दिपु ग्वार्चनले जानकारी दिए ।

    वाइडबडी जहाजमा १७ हजार ६०० बक्स खोप अटाएको थियो जसमा एक बक्समा ४६ डोज रहेकाले जम्मा यस पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको ग्वार्चनले बताए । खोप ल्याउन निगमको पहिलो उडान बिहीबार ३ः३०बजे बेइजिङतर्फ प्रस्थान गरेको थियो ।

    सरकारले (जिटुजी) मार्फत चीनबाट सिनोफार्म कम्पनीबाट भेरोसेल खोप ल्याउन लागेको हो । । यसपछि जहाजले क्रमशः असार ३१ गते, साउन १ गते र साउन ७ गते पुनः खोप ल्याउन चीन जाने तालिका सार्वजनिक गरिएको छ ।

    यसअघि नेपालले कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार डोज खोप पाएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस