‘मैदान, जीवनदाता, घायाल, हाम्रो मिलन कहिले हुन्छ, मिस्टर डन, हलचल, कसम हजुरको’ जस्ता फिल्ममा काम गरेकी अभिनेत्री जेनी कुँवरले आत्माहत्या गरेकी छिन् ।
थापागाउँमा रहेको सनराइज सिटी अपार्टमेन्टमा बस्ने जेनीले त्यहीँ आत्माहत्या गरेकी हुन् । काठमाडौं प्रहरीका एसपी रमेश बस्नेतका अनुसार जेनी झुन्डिएको अबस्थामा भेटिएकी थिइन् । बिहिबार बेलुका अनुमानित ९ बजे तिर उनले हात्माहत्या गरेको हुन सक्ने बस्नेतले बताए ।
कुँवरले केही फिल्ममा निर्माताका रुपमा पनि काम गरेकी छिन् । ‘घायल’ र ‘हलचल’ फिल्म उनले लगानी गरेका फिल्म हुन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय