• एमाले एकता कार्यदलको बैठक आज पनि, जुट्ला त सहमति ?

  • एमालेको विवाद मलाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । आज साढे ११ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक बस्ने भएको हो ।

    बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसके पनि कार्यदलले छलफललाई निरन्तरता दिने भएको छ । नेपालनिकट कार्यदलका संयोजक भीम रावलले वार्ताबारे सहमति नजुटे पनि नेताहरूबीचको वार्ता सकारात्मक भएको दाबी गरेका थिए । आजको वार्तामा सहमति जुटाउन अधिकतम प्रयास गर्ने ओली पक्षका वार्ता संयोजक सुवास नेम्वाङले बताए ।

    शीर्ष नेताबीच गत जेठ २ गतेको सहमतिमा १० सदस्यीय कार्यदल गठन भएको थियो । ओली संसद विघटन र नेपाल समूहका नेता भीम रावललाई कारबाही गरेपछि बीचमा कार्यदल निष्क्रिय बनेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस