• फेसबुक, ट्विटर र गुगलविरुद्ध ट्रम्पले हाले मुद्दा

  • अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्वीटर र अल्फाबेट कम्पनी र तिनका प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर गरेका छन् ।

    समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले कन्जरभेटिभ विचारधारालाई गैरकानुनी तरिकाले प्रतिबन्ध लगाएको भन्दै तीन कम्पनी र तिनका सिइओ मार्क जुकरबर्ग(फेसबुक), ज्याक डोर्सी (ट्वीटर) र सुन्दर पिचाई (अल्फाबेट) विरुद्ध बुधबार मियामीको एक अदालतमा मुद्दा दर्ता गराएका हुन् । अल्फाबेट गुगलको प्यारेन्ट कम्पनी हो।

    ट्रम्पको मुद्दामा यी कम्पनीहरूले अमेरिकी संविधानमा प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकको उल्लंघन गरेको तर्क गरिएको छ ।
    मुद्दा हालेर ट्रम्पले फेसबुक, ट्वीटर र युट्युबले अन्यायपूर्ण तरिकाले बन्द गरिदिएका प्रयोगकर्ताका पक्षमा आफूलाई उभ्याएका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय