• सुजिता भण्डारीको मृत्यु कारण खुलाउन भिसेरा गरिदैँ

  • चितवन । चितवनको सामुदायिक वनमा फेला परेको सुजिता भण्डारीको शवको भिसेरा गरिने भएको छ । भिसेरा गर्दा मुटु कलेजो र फोक्सोको परीक्षण गरिन्छ ।

    पोष्टमार्टमबाट हत्या वा आत्महत्या भन्ने नखुलेपछि भिसेरा गर्न थालिएको त्रिबी शिक्षण अस्पतालले जनाएको छ । भिसेरा रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने अस्पतालले जनाएको छ ।
    भण्डारीको शवनजिकै एक सिसाको बोतलमा पतेरो मार्न प्रयोग गर्ने विष भेटिएको प्रहरीले जनाएको छ ।

    त्रिवि शिक्षण अस्पतालले भण्डारीको शव पोस्टमार्टम गर्न तीन सदस्यीय टोली गठन गरेको थियो।
    भण्डारी ११ असारदेखि हराइरहेकी थिइन् । उनको शव ब्रह्मस्थली सामुदायिक वनमा २० गते साँझ फेला परेको थियो। भण्डारीको शव भेटिएपछि स्थानीयले राजमार्गमा अवरोध गरेर शवलाई पोस्टमार्टममा लैजान दिएका थिएनन् ।

    सोमबार ८ घन्टाभन्दा लामो अवरोधपछि प्रहरीले शवलाई काठमाडौं पठाएको हो । मंगलबार पनि स्थानीयले राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा प्रदर्शन गरेका थिए ।

    प्रदर्शन बढेपछि जिल्ला प्रशासनले राप्ती नगरपालिकाको लोथरपुलदेखि डडुवासम्मको राजमार्ग क्षेत्रमा २४ घन्टाका लागि लामो दुरीका यातायातका साधन मात्रै चल्ने गरी ‘कर्फ्यू’ आदेश जारी गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय