काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को विवाद समाधानका लागि निर्वाचन आयोगले इजलास गठन गरेको छ।
आयोगका पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो। बैठकले सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय गरेको छ। यदि कानुन व्यवसायी राख्ने भए साथै ल्याउन भनिएको छ।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो।
ऐनअनुसार दुबै पक्षलाई बोलाएर सहमति जुटाउन कोशिस गरेपनि प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया सुरू गर्न लागेको हो।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय