बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ ।
मुम्बईको हिन्दुजा अस्पतालमा उनको बुधबार बिहान ७ बजेर ३० मिनेटमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ९८ वर्षका दिलिप कुमारलाई पछिल्लो केही समययता साससम्बन्धी समस्या रहेको थियो ।
दिलिपकुमारले अभिनय करियरमा कैयौँ हिट फिल्म दिएका छन् । उनको १९६० मा रिलिज फिल्म ‘गुगल ए आजम’ सो समय सबैभन्दा बढी आम्दानी गर्ने फिल्म भएको थियो । यो फिल्म उक्त समय बढी लगानीमा बनेको फिल्म पनि हो ।
दिलिपकुमारले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए । यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।
देवदास (१९५५), नयाँ दौर (१९५७), मुघल-ए- आजाम (१९६०), गंगाजमुना(१९६१), क्रान्ति (१९८१), कर्म (१९८६) लगायत फिल्ममा उनको अभिनय निकै सशक्त छ ।
उनले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए । भारतमा मात्र होइन उनले पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान-ए-इम्तियाजबाट पनि सम्मानित भएका थिए । उनको वास्तविक नाम युसुफ खान हो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।