अर्जेन्टिनाले कोलम्बियालाई हराउँदै कोपा अमेरिका २०२१ को फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको छ ।
बुधबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अर्जेन्टिना उपाधिनजिक पुगेको हो । अब उपाधिका लागि अर्जेन्टिनाले आयोजक ब्राजिलसँग आगामी आइतबार बिहान प्रतिस्पर्धा गर्नेछ ।
अर्जेन्टिनालाई फाइनलमा पुर्याउन गोलकिपर इमिलियानो मार्टिनेज नायक बने । दुवै टिमले निर्धारित अनि अतिरिक्त समयमा १-१ गाेलभन्दा बेसी हान्न नसकेपछि खेल पेनाल्टीमा पुगेकाे थियाे ।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा कोलम्बियाका सान्चेज, मेना र कार्डोनाको प्रहारलाई अर्जेन्टिनाका गोलकिपर इमिलियोले विफल पारेका थिए । कोलम्बियाका लागि बोर्जा र काउड्राडोले मात्र गोल गर्न सके ।
अर्जेन्टिनाका लागि लिओनल मेसी, परेडेस र लाउटारो मार्टिनेजले गोल गोल गरे । डि पाउलको पेनाल्टी भने सफल हुन सके ।
खेलको ७औँ मिनेटमै लाेउटारो मार्टिनेजकाे गाेलबाट अर्जेन्टिनाले १-० को अग्रता बनाएकाे थियाे । कप्तान लियोनल मेसीको पासलाई मार्टिनेजले सजिलै गोलमा परिणत गरिदिएका थिए । दोस्रो हाफको ६१औँ मिनेटमा कोलम्बियाका लुइस डिजले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि निर्धारित ९० मिनेट अनि थपिएकाे ४ मिनेटमा पनि दुवै टिमले गाेल गर्न सकेनन् । र, खेल टाइब्रेकरमा धकेलियाे । तर, पेनाल्टीमा अर्जेन्टिनी किपर काेलम्बियाका खेलाडीका लागि भारी बने । मार्टिनेजले तीन प्रहार जाेगाएसँगै अर्जेन्टिनाले कोलम्बियामाथि ३–२ काे जित नकालेकाे हाे । पेनाल्टीमा अर्जेन्टिनाले ४ प्रहारमा ३ गोल गर्याे भने ५ प्रहार गरेकाे कोलमम्बियाले जम्मा २ गोल हान्याे ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।