• कालीकोटमा जिप दुर्घटना, एकको मृत्यु, चार घाइते

  • कालीकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।

    कालीकोटको रास्कोट नगरपालिका-५ को सन्नीघाट भन्ने स्थानमा क १ ज २३ नम्बरको जिप मंगलबार बिहान दुर्घटना हुँदा ३६ वर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीको अनुसार घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। १२ जना सवार जिप ओरालो सडकखण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ । जिप रास्कोटबाट जितेगढा बजार आउँदै गर्दा दुर्घटनामा परेको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस