• खुल्न नपाउँदै हल बन्द भएपछि अन्योलमा फिल्म क्षेत्र

  • फिल्म हल संचालनमा आएको ३ महिनापछि पुन: हल बन्द हुने भएको छ । नेपाल सरकारले बैशाख मसान्तसम्म भीडभाड हुने विभिन्न क्षेत्र बन्द गर्ने निर्णय गर्दा फिल्म हलहरु पनि परेका हुन् । कोरोनाको लहर सुरु भएसँगै नेपाल सरकारले २०७६ साल फागुन महिनाबाट फिल्म हल बन्द गर्यो् । बन्द भएको झण्डै १० महिनापछि हलवालाहरुले स्वघोषणा गर्दै फिल्म हल संचालनमा ल्याए ।

    नेपाल सरकारले पनि ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खोल्ने अनुमति दिएको थियो । तर, यस बीचमा रिलिज भएका फिल्महरुले खासै गतिलो उपस्थिति जनाउन सकेनन् । सरकारबाट अनुमति पाउन साथ रिलिज भएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ पत्तासाफ भयो । ‘गोर्खे’, ‘बेष्ट फ्रेण्ड’ फिल्म आएको-गएको नै पत्तो भएन । वर्षको अन्तिममा रिलिज भएको ‘श्री’ ले भने केही दर्शक पायो । निर्माणपक्षले राम्रो व्यापार गरेको भन्दै यस फिल्मको प्रचार गर्यो ।

    यस बीचमा हलमा केही पूराना फिल्महरु पनि रिलिज भए । तर, ती फिल्महरु हेर्न दर्शक हलसम्म पुग्ने शाहस गरेनन् । आफ्नो स्वस्थ्यको जोखिम मोलेर हलमा को पुग्ने ? कोरोनाको दोस्रो लहर सुरु भएसँगै अब पुन: नेपाली फिल्म क्षेत्र अन्योलमा परेको छ । अहिलेको समयमा कोही पनि निर्माता फिल्मो रिलिजको लागि तयार छैनन् ।

    त्यसैले पनि फिल्म क्षेत्र कहिलेबाट चलायमान होला भन्ने प्रश्नको जवाफ अहिले नै दिन सकिने अवस्था छैन । फिल्म क्षेत्रका पण्डितहरु अझै केही समय फिल्म क्षेत्रमा संकट आउने बताइरहेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय