• प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकियो, एमिकस क्युरीले राय दिन बाँकी

  • काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । रिट निवेदक कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस आज सकिएको हो।

    सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरे। संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएपछि मुद्दामा फैसला बाँकी रहनेछ ।

    प्रतिनिधिसभा विघटन मुद्दामा नेपाल बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरी छन्। एमिकस क्युरीलाई रायका लागि २ घण्टा समय निर्धारण गरिएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय