• यस्तो छ चीनबाट खोप ल्याउने नेपाल एयरलाइन्सको उडान तालिका

    nepal airlines
  • नेपालले चीनबाट कोरोना भाइरसविरुद्धको खोप ल्याउने उडान तालिका सार्वजनिक भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले उडान तालिका सार्वजनिक गरेका हुन् । उनका अनुसार चीनबाट ४० लाख डोज खोप ल्याइनेछ ।

    यसै साता चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाने भएको छ । सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको खोप ल्याउनको लागि निगमले एयरबस–३३० विमान चीन पठाउन लागेको हो । निगमले ३ चरणमा खोप ल्याउने प्रस्ताव गरेको छ ।

    यसको लागि निगमको पहिलो कार्गो उडान काठमाडौं–बेइजिङ असार यसै साताको बिहीबार (२४ असार)मा चीन प्रस्थान गर्ने उडान तालिका रहेको निगमले जनाएको छ ।

    सो विमान २५ गते शुक्रबार खोप लिएर काठमाडौं अवतरण गर्नेछ । दोश्रो कार्गो उडान भने ३१ गते असार काठमाडौं–बेइजिङको लागि उडान भर्ने छ भने साउन १ मा विमान बेइजिङबाट काठमाडौंको लागि उडान भर्ने कार्यतालिका रहेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस