काठमाडौं। पर्सी मंगलबारदेखि काठमाडाैं उपत्यकामा जोरबिजोर प्रणाली हट्ने भएको छ।
कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी निषेधाज्ञाको २ महिनापछि सबै खालका सवारीसाधन चलाउन दिइने भएको छ। थप खुकुलो व्यवस्थासहित असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ।
त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा त्यसलाई हटाउँदै सबै प्रकारका सवारी साधन खुला गरिएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय