• उदयपुरका ५ सय घर डुबानमा बाढीले बगाउँदा एकको मृत्यु

  • उदयपुर । अविरल वर्षाका कारण उदयपुरको विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् ।

    बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेस्वरी, आम्बासी र भागलपुरका पाँच सयभन्दा बढी घर डुबानमा परेको छ । बाढीपीडितको उद्धारका लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

    स्थानीय खोलाहरुमा आएको बाढी गाउँघरमा प्रवेश गर्न थालेपछि स्थानीयवासीलाई सर्तकता अपनाउन आग्रह गरिएको र बाढीपीडितको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सीलाले जनाएको छन् ।

    त्यसैगरी निरन्तर आएको वर्षाले गिदेरी खोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमा समेत क्षति पुगेको छ भने त्रियुगा नगरपालिका—११ गाइघाटस्थित बरुवा खोलामा आएको बाढीले कच्ची बाँध भत्किन सक्ने र गाइघाट बजारसमेत डुबानमा पर्न सक्ने जोखिम बढेको स्थानीयले बताएका छन ।

    बाढीले बगाउँदा ६५ वर्षीय वृद्धको मृत्यु
    उदयपुरको चौदण्डी गढी नगरपालिकाको हवार खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेल्टार मदनचौकका ६५ वर्षीय गुमसेर राई रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । अर्का गाउँ जानका लागि खोला तर्ने क्रममा उनलाई आज बिहान १० बजेतिर बाढीले बगाएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय