मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा पानी पर्ने छ ।
आज देशका अधिकांश स्थानमा बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।
त्यस्तै, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै बाढी पूर्वानुमान महाशाखाले आज कोशी, नारायणी र यसका सहायक नदीहरू तथा कन्काई, कमलालगायतमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने जनाएको छ । त्यस्तै आज बागमती, पूर्वी राप्तीलगायतमा बहाब बढ्दो हुने र खतरा तह आसपास रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुवान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपना महशाखाले अनुरोध गरेको छ ।
असार १९
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 3, 2021
आज कोशी,नारायणी र यसका सहायक नदीहरु तथा कन्काई,कमला लगायतमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने,आज बागमती,पुर्वी राप्ती लगायतमा बहाब बढ्दो हुने र खतरा तह आसपास रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुवान भईरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुहुन अनुरोध छ। pic.twitter.com/VcZkkZXGhR
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।