अमेरिकी औषधि निमार्ता कम्पनी जोनसन एण्ड जोनसनले विकास गरेको खोपको एक मात्रै डोजले डेल्टा भेरियन्टको सामना गर्न सक्षम भएको दाबी गरिएको छ ।
विश्वभर तीब्र रूपमा फैलिएको कोरोनाको डेल्टा भेरियन्टविरुद्ध समेत जोनसन एण्ड जोनसनको एक डोज खोप प्रभावकारी देखिएको कम्पनीले दाबी गरेको हो ।
भारतीय समाचार संस्था एएनआईका अनुसार कम्पनीले जोनसन एण्ड जोनसनको खोपले कम्तिमा आठ महिनासम्म शरीरमा प्रतिरोधी क्षमता सक्रिय राख्ने जनाएको छ । छोटो संख्यामा स्वयंसेवीलाई राखेर गरिएको अध्ययनमा खोप लगाएका व्यक्तिमा बिटा भेरियन्टको अपेक्षामा डेल्टामा प्रभावकारी देखिएको छ ।
यसअघि जोनसन एण्ड जोनसनको खोपको प्रभावकारिता सम्बन्धमा बुझाइएको प्रतिवेदनमा कोरोनाविरुद्ध ८५ प्रतिशतसम्म प्रभावकारी पाइएको दाबी गरिएको थियो । खोपको प्रभावकारिताको अध्ययन ब्राजिल र अफ्रिकी महादेशमा समेत गरिएको छ । सबैतिर उत्तिकै काम गरेको अध्ययनमा उल्लेख गरिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।