काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई खारेज गर्दै १८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
बैठकले स्थायी कमिटीमा माओवादी केन्द्र छाडेर एमालेमा बसेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालाई स्थायी कमिटीमा मनोनित गरेको छ।
यस्तै एमालेको केपी ओली समूहबाट रघुवीर महासेठ, विष्णु रिमाल तथा माधवकुमार नेपाल समूहका रघु पन्त र बेदुराम भुसाललाई पनि स्थायी कमिटीमा लगिएको छ । उनीहरु एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको स्थायी कमिटीमा थिए।
महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनामाथिको कारबाही स्वतः निष्प्रभावी भएको प्रवक्ता ज्ञवालीले बताए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।