सरकारले बाढीपहिरो प्रभावित क्षेत्रका वासिन्दालाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकले यस्तो निरणय लिएको हो ।
स्वास्थ मन्त्री कृष्णगोपाल श्रेष्ठले चाँडै नै कोरोनाविरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए ।
उनले खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको समेत बताए ।
यस्तै उनले तेस्रो लहरबाट बालबालिकालाई बचाउनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैकिंङ एशोसिएशनले उपलब्ध गराउने ३३ करोडको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय