• अफवाह फैलाएर समाचार लेख्ने ६ अनलाइन कारबाहीमा

  • प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन बन्द गराउने भएको छ ।

    रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज पत्र पठाएको हो । यी अनलाइनले सुनारलाई युरोपियन युनियन (इयु) बाट रु डेढ करोड खाएको जस्ता लाञ्छना लगाएका थिए ।

    यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित घरधनी प्रधानले सुनारलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेको दावीसहितत रुपाले जाहेरी दिएकी थिइन् । तीन दिन हिरासतमा रहेकी प्रधान हाल रिहा भइसकेका छन् ।

    रुपाले आफूलाई जातीय द्वन्द्व फैलाउन युरोपियन युनियनबाट उचालिएका जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै ती अनलाइनविरुद्ध काउन्सिलमा उजुरी दिएकी थिइन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय