• सरकारी पक्षको जिकिर– बिगतमा पुनर्स्थापित संसदले निकास नदिएकाले अहिले पनि गर्न हुँदैन

  • काठमाडाैं। नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले प्रतिनिसभा पुनःस्थापना भएमा झनै समस्या सिर्जना हुने तर्क गरेका छन्।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षबाट बहस गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापनापछि झन समस्या हुने तर्क गरेका हुन्।

    “विगतमा संसद् पुनःस्थापना भएपछि राजनीतिक अवस्था झन बिग्रिएको छ, अहिले पुनःस्थापना भएपछि झन् ठूलो समस्या आउँछ”, पाण्डेयले भने, “संसद् पुनःस्थापना भएपछि राजनीतिक समस्या समाधान नहुने कुरा बाहिर आइरहेको छ, त्यसकारण रिट जारी हुनु हुँदैन।”

    न्यायाधीश खतिवडाले सोधेको अदालतकै कारण राजनीतिक अस्थिरता भएको हो? भन्ने प्रश्नमा उनले अदालत पनि राजनीतिक अस्थिरताको कारण भएको दाबी गरे।

    सरकारी पक्षबाट बहस गर्ने क्रममा नायव महान्यायाधिवक्ता पाण्डेयको समय सकिएको छ। यसअघि सोमबार महान्यायाधीवक्ता रमेश बडालले पनि पुनर्स्थापित संसदले निकास दिन नसक्ने जिकिर गरेका थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय