एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले युवालाई कृषिमा आकर्षित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।
राष्ट्रिय धान दिवसको शुभकामना दिँदै उनले भनेका छन् ‘किसान अधिकार सुनिश्चित गर्ने, नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने, कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादन तर्फ अघि बढ्नु अहिलेको आवश्यकता हो ।’
समयमै मल विउ उपलब्ध गराउने, राहत, सहुलियत र अनुदान उपलब्ध गराउने जस्ता किसानहरूले उठाउँदै आएका मागहरू सम्बोधन गर्दै कृषि क्षेत्रको रूपान्तरणका लागि सबैले सार्थक पहल गर्नुपर्ने उनको भनाइ छ ।
नेपालको प्रमुख खाद्यवाली धान नेपालको इतिहास, सभ्यता, संस्कृति र जीवनयापनको अभिन्न अंग रहेकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको विशिष्ट महत्व रहेको उनले औँल्याए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई forwardkhabar@gmail.com मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।