• देशभर २,४४४ संक्रमित थपिए, ४२ जनाको मृत्यु

  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा २ हजार ४४४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ भने ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस