• अस्ट्रेलियामा बस्ने नेपालीका लागि सुरु भयो बस सेवा

  • अष्ट्रेलियाको सिड्नीस्थित पेन्सस भन्ने स्थानमा रहेका नेपालीको संस्था नेप्लिज पेन्सस कमिटी (पेन्सस नेपाली समुदाय) ले त्यहाँ रहेका नेपालीका लागि सवारी साधन (भ्यान) खरिद गरी सेवा सुरु गरेको छ ।

    बालबालिका, ज्येष्ठ नागरिक, अशक्त एवं समस्यामा परेका मानिसलाई सहयोग गर्ने उद्देश्यले सवारी साधन खरिद गरिएको संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए । अस्ट्रेलियामा रहेका नेपाली संस्थामध्ये बस खरिद गर्ने यो पहिलो संस्था बनेको छ । यहाँ बस्ने नेपालीलाई आइपर्ने समस्या समाधान गर्न सो बस पालैपालो काम लाग्ने संस्थाले जनाएको छ ।

    यहाँ बस्ने नेपालीले रकम जम्मा गरी खरिद गरेको बसले आपसी मेलमिलाप, एकता र सद्भाव अझ बढ्ने विश्वास गरिएको संस्थाका सदस्य हरि श्रेष्ठले बताए । ज्येष्ठ नागरिक र यहाँ आई बसोबास गरेर विभिन्न समस्यामा परेकाका लागि बसका माध्यमबाट सहयोग पुग्ने उनको भनाइ छ ।

    संस्थाले शब्दमालासँग समन्वय गरी यहाँका बालबालिकालाई नेपाली भाषा, योग शिक्षा, पूर्वीय संस्कारसमेत सिकाउँदै आएको छ । विदेशमा बसे पनि आफ्नो भूमिका, ज्ञान, विज्ञान जान्न यसबाट मद्दत मिलेको छ । चाडपर्व, रीतिरिवाज मनाउने क्रममा विभिन्न स्थानमा रहेका नेपालीलाई जुटाउनसमेत सवारी साधनले सहयोग पुग्ने पेन्ससमा बस्दै आएका श्यामबहादुर केसीले बताए ।

    यो समुदायमा धेरै नेपाली आबद्ध रहेकाले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्न संस्थाको आफ्नै सवारी भएपछि सहयोग पुग्ने यहाँ बसोवास गर्ने धेरै नेपालीको विश्वास छ । यहाँ आएर बसोबास गरी आपत्मा परेकालाई सहयोग गर्न पनि बसको व्यवस्था सहज हुने जनाइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय