रूसमा शुक्रबार पनि २० हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रूसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक संक्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरूलाई रूसका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।
योसमेत गरी रूसमा हाल ५४ लाख ९ हजार जनाभन्दा बढी कोरोना भाइरसका संक्रमितहरू भेटिएका बताइएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टायता कम्तीमा पनि ६०० जनाको ज्यान गएको छ । योसमेत गरी रूसमा अहिलेसम्म कोरोनाका कारण १ लाख ३२ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।
रूसको मस्को शहरमा यहाँका संक्रमितमध्ये सबैभन्दा धेरै प्रभावित भएका छन् । रूसमा यहाँका संक्रमितहरूमध्ये सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । समाचार अनुसार रूसको मस्कोमा मात्र अहिलेसम्ममा १३ लाखभन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ ।
त्यसैगरी गएको २४ घन्टायता मात्र पनि रुसको मस्कोमा करिब ८ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रुसमा कोरोना भाइरसका विरुद्धमा खोप पनि लगाइएको छ । यहाँ आफ्नै देशमा उत्पादन गरिएको खोप दिइएको समाचारमा जनाइएको थियो ।
शुक्रबारसम्ममा प्राप्त विवरण अनुसार रुसमा यहाँका तीन करोड ६० लाख मानिसलाई कोरोना भाइरसका विरुद्धको खोप दिइएको बताइएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।