• माधव नेपाल विपक्षीसित मिलेर राजतन्त्र फर्काउन खोजे : खिमलाल

  • राष्ट्रियसभामा नेकपा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता माधव नेपालले विपक्षीसित मिलेर राजतन्त्र फर्काउन थालेको आरोप लगाएका छन् ।

    विपक्षी गठबन्धनले बिहीबार गरेको अन्तर्क्रियामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उतिबेलाका राजा नै ठीक’ भनेपछि नेपालसहित विपक्षी नेताहरूविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरूले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

    ‘लोकतन्त्र र अग्रगमनको जामाभित्र गठवन्धनको नेताहरु शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले पंचायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ’ उनले भनेका छन् ।

    उनले बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन नसक्ने बताएका छन् । तर पनि विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुडाएर लागिरहेको उनको आरोप छ ।

    यस्तो छ उनको टिप्पणी

    विपक्षी गठबन्धन पंचायत र राजतन्त्र तिर ।

    संविधानको धारा ७६ (५) सांसद् र दल दुवैलाई हो । प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन ।

    तर उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ । उनले दलहरूको समर्थन लिनु पर्ने हुन्छ । उपधारा ५ मा धारा ७६ को उपधारा २ अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसदलाई ह्वीप लाग्ने निश्चित छ ।

    बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन सक्दैन । यद्यपि विपक्षी गठवन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुडाएर लागेको छ ।

    लोकतन्त्र र अग्रगमनको जामाभित्र गठबन्धनको नेताहरू शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले पंचायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ । होशियार बनौं  ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय