• रामचन्द्र पौडेलले डाके आफूनिकट नेताहरूको बैठक

  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनलाई लिएर आफू पक्षीय नेताहरूलाई छलफलका लागि बोलाएका छन् । शुक्रबार दिउँसो २ बसुन्धरास्थित दियालो फुडल्याण्डमा पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको हो ।

    गत शनिबारयता सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत गर्दै सक्रियता बढाएका छन् । यसैको मेसोमा पौडेलले पनि आफू निकट नेताहरूको बैठक बोलाएका छन् । बिहीबार बस्ने भनिएको बैठक विपक्षी गठबन्धनका शीर्ष नेता र सम्पादकसँगको अन्तक्रियाका कारण रोकिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय