• अमेरिकामा अचानक भत्कियो १२ तले भवन, ९९ बेपत्ता

  • अमेरिका भवन अचानक भत्किँदा ९९ जना बेपत्ता भएका छन् । अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा एक १२ तले भवन भत्किएको हो ।

    मायामी डेडकी मेयर डेनीयला लेभिन-काभाले हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन् ।

    भत्किएको उक्त भवन सन् १९८० बनेको थियो । भवनमा भएका २३० फ्याटमध्ये आधामा क्षति पुगेको बताइएको छ ।

    बेपत्ता हुनेमा कैयौँ ल्याटिन अमेरिकीहरू रहेको समाचारमा जनाइएको छ । खोजीकार्य जारी रहँदा सानो आगलागी भए पनि त्यसलाई २० मिनेटभित्रै नियन्त्रणमा लिइएको स्थानीय अग्नि नियन्त्रण प्रमुखको भनाइ छ ।

    राष्ट्रपति बाइडनले गभर्नर रोन डिसान्टिसबाट संकटकाल घोषणा आफूले कुरिरहेको बताएका छन् । उनले फीमा भनिने सङ्घीय आपत्तकालीन व्यवस्थापन निकायका अधिकारीहरू घटनास्थलमा पुगेको जनाए ।

     

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस