• काठमाडौं महानगरको बजेट २ अर्ब ५३ करोड बढ्यो, के कामको लागि कति रकम

  • काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १८ अर्ब ९५ करोड ७० लाख बढीको बजेट ल्याएको छ । यो चालू वर्ष २०७७/७८ को तुलनामा २ अर्ब ५३ करोड बढी हो ।
    महानगर उपप्रमुख हरिप्रभा खड्गीले पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड, प्रशासनिकतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड, आर्थिक विकासतर्फ ५५ करोड बजेट प्रस्तुत गरेकी छन् ।
    आर्थिक वर्ष २०७६/७७ मा १५ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १६ अर्ब ४२ करोडको बजेट ल्याएको थियो ।
    महानगरपालिकाले आगामी  आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क व्यहोर्ने गरी बजेट विनियोजन गरेको छ भने ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्ने कार्यक्रम ल्याएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय