काठमाडौं । आज कोसी र यसका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्नेछ । केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान छ ।
आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कन्काईमा बहाव सामान्य रहने तथा सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै छ ।
आज कमला, वाग्मती, पश्चिम राप्ती, बबई जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम÷भारी वर्षा भई बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
देशका केही स–साना नदी जलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।