• असार १७ बाट आन्तरिक हवाई उडान खुला, अन्तर्राष्ट्रिय भोलिदेखि

  • काठमाडौं । असार १७ गतेबाट आन्तरिक हवाई उडान खुला हुने भएको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १७ असारबाट नियमित आन्तरिक उडान खुला गर्ने निर्णय गरेको हो ।

    मन्त्रालयले १ जुलाई अर्थात १७ असारबाट आन्तरिक तर्फका नियमित उडान हुने जनाएको हो । जनस्वास्थ्यको पूर्ण पालना हुने गरी अर्को आदेश नभएसम्म कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गरिनेछ ।

    सोको व्यवस्थापन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

    अन्तर्राष्ट्रिय गन्तव्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान सुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

    २५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ भने सोही दिन एयर इण्डियाको विमान दिल्लीबाट काठमाडौं आउनेछ ।

    २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट र टर्कीस एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छन् । यस्तै एयर अरेबियाको जहाज पनि आबुधावीबाट काठमाडौं आउनेछ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय