

पूर्वप्रधानमन्त्री एवं जसपा नेत बाबुराम भट्टराईले अब सचेत हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा निक्रै सक्रिय भट्टराईले अरू देश कोरोना खोप जुटाउन लागिरहेको तर हामी खाल्डो खन्ने र पुर्ने काममै व्यस्त रहेको भन्दै अब सचेत हुनुपर्ने बताएका हुन् ।
उनले छिटोभन्दा छिटो संवैधानिक परिषद् विधेयक खारेजी र संसद् पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्रयाकमा ल्याउनुपर्ने औँल्याएका छन् । उनले अदालत, दल र नागरिकलाई आ-आफ्नो धर्म निभाउन पनि आग्रह गरेका छन् ।
उनले ट्विट गरेका छन् ‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड-१९ खोप जुटाउन व्यस्त छन्,हामी चाहिं कोही खाळ्डो खनिरहने अरू पुरिरहने खेलमै समय/शक्ति खर्चने भयौं।अब त चेतौं-छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान/लोकतन्त्र ट्र्याकमा ल्याऊॅ! अदालत/दल/नागरिकले आआफ्नो धर्म निभाऊॅ!’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
