• संक्रमितको उपचार सरकारी अस्पतालमा मात्र गराउनू : स्वास्थ्य मन्त्रालय

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड– १९ को संक्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना संक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने जानकारी दिए ।

    उनका अनुसार कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालमा आजकासम्ममा भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको मात्र शोधभर्ना गरिने छ । मन्त्रालयले सङक्रमितले आफूले निजी अस्पताललाई उपचार गराउन चाहेको खण्डमा भने उपचार गराउन सक्ने छन् । यसरी निजी अस्पतालमा उपचार गराउदा सरकारले तोकेको भन्दा बढी शुल्क नलिई सेवा प्रवाह गर्नसमेत अनुरोध गरेको छ ।

    सरकारले कोभिड–१९ का संक्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई प्रतिदिन तीन हजार ५०० , मध्यम बिरामीका लागि सात हजार र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार रुपियाँ निर्धारण गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय