• अति भएपछि खति हुन्छ : नारायणकाजी श्रेष्ठ

  • काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सर्वाेच्च अदालतले २० जना मन्त्रीहरू बर्खास्त गर्ने निर्णयप्रति संकेत गर्दै अति भए पछि खति हुने बताएका छन् ।

    मंगलवार राति ट्वीट गर्दै उनले भनेका छन्, ‘सर्वाेच्च अदालतको पछिल्ला फैसलाहरुले प्रम ओलीले चालेका असंवैधानिक,अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ।’ उनले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको पनि बताएका छन् । अदालतले गरेकाे काम मूलत राजनीतिक भएकाे पनि उनकाे भनाई छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय