काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भ्याकेट निवेदनमा दुवै पक्षलाई बोलाउने सर्वोच्चले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा= आनन्दमोहन भट्टराई र हरि प्रसाद फुयालको संयुक्त इजलास अन्तरिम आदेश दिनुअघि दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिएको हो ।
एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारबाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै ओलीले भ्याकेट निवेदन दिएका थिए ।
कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । तर, एमालेले गरेको सो कारबाहीलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो । उक्त आदेशमाथि पुन{र्रावलोकनको माग गर्दै एमाले सर्वोच्च पुगेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।