• आइजीपीको फोटो राखेर क्लव हाउस खोल्ने युवा पक्राउ

  • काठमाडाैं । नेपाल प्रहरीको साइबर ब्युुरोले सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगोलगायत दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बस्ने २० वर्षीय इसान लामिछाने छ्न ।

    उनले सामाजिक सञ्जालमा दुरुपयोग गरी भ्रामक तथा भ्रमपूर्ण अफवाह फैलाएको कसुरमा लामिछानेलाई सोमबार भक्तपुरबाट पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुसन्धान भइरहेको छ ।

    क्लबहाउसमा नेपालको प्रहरीको लोगो, पोसाक तथा प्रहरी अधिकारीको तस्बिर दुरुपयोग गरी प्रहरी अधिकारीकै नाममा फेक आइडी बनाएको पाइएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस