• कोपा अमेरिका : अर्जेन्टिनाको लगातार दोस्रो जित

  • काठमाडौं । लगातार दोस्रो खेलमा जितेसँगै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको समूह एको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले पराजित गरेको हो ।

    खेलको १० औं मिनेटमा डेरियो गोमेजले गरेको गोल नै निर्णायक रहन पुग्यो । दोस्रो हाफमा पाराग्वेले गोल फर्काउन अर्जेन्निामाथि दबाब बढाएको थियो । तर, सफल भएन ।

    ती खेल खेल्दा चिलीसँग एक एक गोलको बराबरीपछि उरुग्वे र पाराग्वेविरुद्ध १–० को समान गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना एक खेल अगावै क्वारटरफाइनलमा प्रवेश गरेको हो । तीन खेलबाट अर्जेन्टिनाको ७ अंक भएको छ । अब अन्तिम खेलमा अर्जेन्टिना र बोलिभिया भिड्नेछन् ।

    चिलीको ३ खेलबाट ५ अंक भएको छ । मंगलबार बिहानै सकिएको खेलमा चिली र उरुग्वे एक एक गोलको बराबरीमा रोकिएका थिए । बराबरीमा रोकिए पनि चिली पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय