• पोखरीमा डुबेर बालकको मृत्यु

  • प्युठान। पोखरीमा डुबेर प्युठानमा एक बालकको मृत्यु भएको छ।

    मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका वसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ।

    घर नजिकैको पोखरीमा आज बिहान डुबेर अचेत भएका बालक यमनको प्युठान अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय